म्यान्चेस्टर टेस्ट : दोस्रो दिनको पहिलो पारीमा वेस्टईन्डिजको ३२ रन

डिसी नेपाल
३ साउन २०७७ १०:०९

काठमाडौं । म्यानचेस्टर टेस्ट दोस्रो दिनको खेल सकिदा सम्म वेस्टईन्डिजले आफ्नो पहिलो पारीमा १ विकेट गुमाएर ३२ रन बनाएको छ । यसअघि वेस्टईन्डिजका ओपनर जोन क्याम्पबेल १२ रन बनाएर स्याम करनको बलमा आउट भएका थिए । वेस्टईन्डिज अहिले ईङल्यान्ड भन्दा ४३७ रन पछाडि रहेको छ र वेस्टईन्डिज संग ९ विकेट सुरक्षीत रहेको छ ।

यसअघि ईङल्यान्डले आफ्नो पहिलो पारीको दोस्रो दिन ९ विकेट गुमाएर ४६९ रन बनाउदै पारीको घोषणा गरेको थियो । ईङल्यान्डका स्टूअर्ट ब्राड (११) र डाम बेस (३१) रनमा अविजित रहे । दोस्रो दिनको खेलमा ईङल्यान्डका बेन स्टोक्सले सर्वाधिक १७६ रन बनाए । उनले आफ्नो टेस्ट करियरमा दोस्रो पटक १५० रनको आकडा पुरा गरेका हुन । जारी टेस्टमा उनको यो सबैभन्दा ठुलो पारी हो, १७६ रन बनाउने क्रममा स्टोक्सले ३५६ बलको सामना गरेका थिए । स्टोक्सले वेस्टईन्डिज बिरुद्व दोस्रो र आफ्नो करियरको दशौं शतक बनाएका हुन ।

स्टोक्स संगै ईङल्यान्डका डोम सिब्लीले पनि सतक प्रहार गरेका थिए । उनी १२० रन बनाएर आउट भएका थिए । सिब्लीको जारी सिरीजमा पहिलो र आफ्नो करियरको दोस्रो सतक रहेको छ । सिब्लीले ३१२ बलको सामना गर्दै सतक बनाएका थिए । स्टोक्स र सिब्ली बिच चौथो विकेटको लागि २६० रनको साझेदारी भएको थियो ।

वेस्टईन्डिजका लागि रोस्टन चेजले सर्वाधिक ५ विकेट लिए । उनले रोरी बर्न्स, डोम सिब्ली, ज्याक क्राउली, ओली पोप र स्याम करनको विकेट लिएका थिए । उनले आफ्नो करियरमा तेस्रो पटक ५ विकेट लिएका छन । साथै वेस्टईन्डिजका केमार रोचले बेन स्टोक्स (१७६) र क्रिस वोक्स (०) को रुपमा लगातार २ विकेट लिएका थिए । रोचले यसअघि सन २०१९ मा भारत बिरुद्व विराट कोहली र केएल राहुल को रुपमा लगातार २ विकेट लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *