अष्ट्रेलियाका पूर्व क्रिकेटरको निधन

डिसी नेपाल
३ साउन २०७७ १४:१०

काठमाडौं । अष्ट्रेलियाका पूर्व टेस्ट विकेट किपर तथा आईसीसीका पूर्व म्याच रेफ्रि ब्यारी जरमनको निधन भएको छ । दक्षिण अष्ट्रेलियाली क्रिकेट संघका अनुसार ८४ बर्षीय ब्यारीको शनीबार निधन भएको हो । ब्यारीले सन १९५९ मा अष्ट्रेलियाका लागि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले सन १९६८ मा एशेज सीरीज अन्तर्गत ईङल्यान्ड भ्रमणको क्रममा नियमित कप्तान बिल लौरी घाईते भएपछि एक खेलमा कप्तानको भुमिका निर्वाह गरेका थिए ।

ब्यारीले कुल १९ टेस्टमा १४.८१ को औसतमा दुई अर्धसतकको मद्दतले ४०० रन बनाएका थिए । दक्षिण अष्ट्रेलियाली क्रिकेट संघका अध्यक्ष एन्ड्रयु सिनक्वेलरले उनको निधनमा दुख व्यक्त गर्दै भने, “ब्यारी दक्षिण अष्ट्रेलियामा मात्र नभएर अन्तराष्ट्रिय क्रिकेटमै एक प्रख्यात व्यक्ति हुन । उनी एक महान खेलाडी संगै सज्जन व्यक्ति थिए । हामी उनको निधन प्रति हार्दिक समावेदना व्यक्त गर्दछौं ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *