अमेरिकी राष्ट्रपति ट्रम्पको बोली फेरियो, आक्रामकबाट अचानक रक्षात्मक बने

डिसी नेपाल
४ साउन २०७७ ८:५५
4
Shares

काठमाडौं। पछिल्लो समय लगातार आक्रामक रुवमा प्रस्तुत भइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अचानक रक्षात्मक बनेका छन् । चुनावी कार्यक्रममा कोरोना महामारीको उल्लंघन गरेपछि राष्ट्रपति ट्रम्प अचानक ब्याकफुटमा आएका हुन् । हालै तुलसा र्यालीमा मास्क नलगाइ सहभागी भएपछि उनीविपक्षीको निशानामा परेका थिए । विपक्षले उनीमाथि पटक पटक प्रोटोकल उल्लंघनको आरोप लगाउँदै आएको छ ।

लगातार आलोचनामा परेपछि शनिबार अचानक राष्ट्रपति ट्रम्पको बोली फेरिएको छ । उनले रक्षात्मक अभिव्यक्ति दिँदै जबसम्म कोरोना महामारीको कुनै हल भेटिँदैन तबसम्म कुनै पनि चुनावी र्याली नगर्ने घोषणा गरे । विपक्षले अहिलेसम्म ट्रम्पको यो बयानमा कुनै प्रतिक्रिया दिएको छैन तर उनको यो अभिव्यक्तिले अमेरिकाको राजनीतिमा नयाँ तरंग आउने देखिएको छ ।

भिस्कन्सिनमा आफ्ना समर्थकहरुसँग कुरा गर्दै ट्रम्पले यो आफ्नो पहिलो टेली र्याली भएको बताए । उनले कोरोना महामारीको कुनै हल नभेटिँदासम्म चुनावी र्यालीको सट्टा टेली र्याली गर्ने बताए । कोरोना भ्याक्सिनमा राम्रो काम गरिरहेको र राम्रो प्रगति भएको दावी गर्दै राष्ट्रपति ट्रम्पले भने ‘तर जबसम्म यो समस्याको कुनै समाधान हुँदैन तबसम्म हामीले ठूलो चुनावी र्याली गर्न सक्दैनौं ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *