श्रीलंका र अफगानिस्तान पछि बङलादेशका खेलाडीहरुले प्रशिक्षण सुरु गर्ने

डिसी नेपाल
४ साउन २०७७ १०:१६

काठमाडौं । श्रीलंका र अफगानिस्तान पछि बङलादेशका क्रिकेट खेलाडीहरुले आईतवार देखी प्रशिक्षण सुरु गर्ने बङलादेश क्रिकेट बोर्ड (बीसीबी) ले जनाएको छ । बीसीबीका अनुसार खेलाडीहरु सुरुवाती चरणमा चार अलग अलग स्थानमा प्रशिक्षण गर्नेछन ।

प्रशिक्षण गर्ने खेलाडीहरुमा मुश्फिकुर रहीम, इमरूल कायस, मोहम्मद मिथुन र शफीउल इस्लामले ढाकामा सैयद खालिद अहमद र नसुम अहमदले सिलहटमा नुरूल हसन र मेहन्दी हसनले खुलनामा र नईम हसनले चट्टोग्राममा प्रशिक्षण गर्नेछन ।

बीसीबीका अनुसार ढाकाको लागि खेलाडीहरुले शेर ए–बङला क्रिकेट स्टेडियममा प्रशिक्षण गर्नेछन भने चट्टोग्राममा जहूर अहमद चौधरी, सिलहटमा इन्टरनेशनल क्रिकेट स्टेडियममा ट्रेनिङ क्याम्प सुरु हुनेछ । साथै खुलनामा खेलाडीहरुले शेख अबू नासेर स्टेडियममा नेटमा अभ्यास गर्नेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *