आईपीएल यूएईमा हुन सक्ने, बीसीसीआईले सुरु गर्याे तयारी

डिसी नेपाल
४ साउन २०७७ १०:३०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करण यूएईमा हुने सम्भावना बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलका लागि आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्न सकिने आकलनसहित तयारी सुरु गर्दैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पुरुष टी ट्वान्टी क्रिकेट विश्वकप स्थगित भएको घोषणा गरेलगत्तै बीसीसीआईले प्रिमियर लिगको तिथि सार्वजनिक गर्ने तयारी गरेको छ । टी ट्वान्टी विश्व कप क्रिकेट अक्टोबर १८ देखि नोभेम्बर १५ का लागि तय गरिएको छ । बीसीसीआईले भारत सरकारसँग प्रिमियर लिगको आगामी संस्करण यूएईमा सार्ने अनुमति मागेको छ ।

भारतमा कोभिड–१९ सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर वृद्धि हुँदैगएपछि प्रिमियर लिगको भेन्युको विकल्प खोजिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *