एबी डी भिलियर्सको उत्कृष्ट ब्याटिङमा ईग्लसको जित

डिसी नेपाल
४ साउन २०७७ ११:१३

काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाईरसको भयकाबीच क्रिकेटले पुनरागमन गरेको छ । शनिबार नेल्शन मण्डेल डे को अवसरमा भएको सोलिडारीटि कपमा ३ टोलीले सहभागिता जनाएका थिए । तिनवटै टोलीलाई ६–६ ओभरको दुईवटा पारी खेल्ने मौका दिईएको थियो । साथै टिममा सबैभन्दा बढि रन बनाउने टिमलाई बिजेता घोषित गरिएको थियो ।

एबी डी भिलियर्सले सहभागिता जनाएको टिम ईग्लसले प्रतियोगितामा स्वर्ण पदक जितेको थियो । ईग्लसले किङफिसरलाई ११३ रनमा रोक्दै प्रतियोगितामा १२ ओभरमा सर्वाधिक १६० रन बनाएको थियो । यसअघि टेम्बा बुबाक टोली काईटस स्वर्ण पदकको दौडमा बाहिरिएको थियो ।

काईटसले प्रतियोगितामा रहिरहन डी भिलियर्सको टिमको स्कोर बनाएको स्कोर १६० भन्दा बढि रन बनाउनु पर्ने थियो । तर काईटसले १२ ओभरमा ३ विकेट गुमाउदै १३८ रन मात्र बनाउन सक्यो । काईटसका लागि जे स्मटसले ४८ र डवेन प्रिटोरयसले ५० रन बनाए । डी भिलियर्सले २४ बलमा ६१ रनको पारी खेलेका थिए । साथै एडेन मार्करामले ७० रनको पारी खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *