सिरी ए मा वेरोना र एटलान्टाको खेल बराबरी

डिसी नेपाल
४ साउन २०७७ ११:४७

काठमाडौं । शनिबार भएको सिरी ए को खेलमा हेलास वेरोनाले एटलान्टा बिरुद्व १–१ को बराबरी खेलेको छ । यो संगै एटलान्टाको शिर्ष २ मा पर्ने सम्भावानमा तुहिएको छ । खेलको ५० औं मिनेटमा एटलान्टा डुवान जापटाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लगतै वेरोनाका माटियो पेसिनाले ९ मिनेट पछि गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

यो बराबरी संगै ईन्टर मिलान र एटलान्टाको सामान ७१ अंक रहेको छ । मिलान गोल अन्तरको आधारमा अगाडि रहदै दोस्रो स्थानमा रहेको छ । मिलानले आईतवार रोमा बिरुद्व उसैको घरेलु मैदानमा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *