जरिवानासँगै लिखित चेतावनी पछि आर्चर तेस्रो टेष्टमा

डिसी नेपाल
५ साउन २०७७ १४:५३

काठमाडौं । इङल्यान्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले अनुशासन उल्लघङ्न गर्दा जरिवाना तिर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमणका बीच वेष्टइन्डिज र इंग्ल्याण्डबीचको दोस्रो टेष्टको पूर्वसन्ध्यामा प्रोटोकल उल्लघङ्न गर्दा आर्चरले जरिवाना तिर्नुपरेको हो । जोफ्रा आर्चरलाई १५ हजार यूरो जरिवानासँगै लिखित चेतावनी दिएपछि तेस्रो टेष्टमा सहभागी हुने जनाइएको छ ।

गत आइतबार साउथम्पटनमा पहिलो टेष्ट खेल सम्पन्न भएपछि जोफ्रा आर्चर दोस्रो टेष्टका लागि म्यान्चेष्टर पुग्नुपर्ने थियो । तर बीच बाटोमा उनले होभस्थित आफ्नो घर पुगेर म्यान्चेष्टर जान लाग्दा इङल्यान्ड क्रिकेट बोर्डले उनलाई दोस्रो टेष्टबाट बाहिर निकालेको थियो । निर्धारण गरिएको प्रोटोकल बमोजिम खेलाडीले भ्रमणको क्रममा तोकिएको स्थलबाहिर जान नहुने व्यवस्था गरिएको छ ।

इङल्यान्ड क्रिकेट बोर्डले लगातार दुई पटक जोफ्राको कोभिड–१९ टेष्टको प्रतिवेदनमा सङ्क्रमणको पुष्टि नभए मङ्गलबारदेखि उनी टोलीमा फर्किने जनाएको छ । बिहिबारदेखि उनी पाँच दिने आइसोलेसनमा थिए । आइसोलेसनको अवधिमा दुई पटक टेष्ट गरिनेछ । तेस्रो टेष्टका लागि उनी टोलीमा फर्किनेछन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *