एफ ए कपको फाईनलमा चेल्सी र आर्सनल भिडने

डिसी नेपाल
५ साउन २०७७ १५:२९

काठमाडौं । एफ ए को फाईनल भिडन्त चेल्सी र आर्सनल बिच अगस्ट १ मा हुने भएको छ । आईतवार भएको दोस्रो सेमिफाईनलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । यसअघि शनीवार भएको पहिलो सेमिफाईनलमा आर्सनलले म्यान्चेस्टर सिटीलाई २–० ले स्तब्ध पार्दै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।

आर्सनलले अहिलेसम्म सर्वाधिक १३ पटक एफ ए कपको उपाधि जितेको छ । आर्सनल पछि म्यान्चेस्टर यूनाईटेडले १२ पटक यो उपाधि जितेको छ । साथै चेल्सी र टोटनहमले ८–८ पटक एफ ए कपको उपाधि हात पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *