अविरल वर्षा जारी रहेकाले सतर्कता अपनाउँन पूर्वानुमान महाशाखाको अनुरोध

डिसी नेपाल
६ साउन २०७७ ७:२२

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले अविरल वर्षा जारी रहेकाले आउने ३ दिन पूर्ण सतर्कता अपनाउन अनुरोध गरेको छ। आइतबारदेखि भइरहेको वर्षा अझै ३ दिन कायम रहने भएकाले सतकर्ता अपनाउन अनुरोध गरेको हो।

मंगलबार विहान ३ दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गर्दैै महाशाखाले देशभर नै हल्का, मध्यम र भारी वर्षा हुने जनाएको छ। महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मंगलबार राति देशभर भारी वर्षा हुने सम्भावना रहेको छ।’

विज्ञप्तिमा भनिएको छ, ‘आगामी २४ घण्टामा भारी वर्षाहुने भएकाले सबै स्थानमा नदीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने सडक तथा हवाई यातायात अवरुद्ध हुने ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुवान समेत हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *