कोरोनाका कारण अन्तिम सास लिँदै थिइन् आमा, छोराले आइसीयूको झ्यालमा चढेर विदाइ गरे

डिसी नेपाल
६ साउन २०७७ ८:४१

काठमाडौं। कोरोनाभाइरसका कारण एक छोरा आफ्नी आमासँग बिछोडिएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटना प्यालेस्टाइनको हो । एक महिला कोरोनाभाइरसबाट संक्रमित भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । संक्रमण फैलन सक्ने खतराका कारण उनका छोरालाई आमासँग जान दिइएन । त्यसपछि ती छोरा हरेक दिन आइसीयूको झ्यालमा चढेर आमालाई हेर्ने गर्थे ।

जबसम्म महिला जीवित रहिन् त्यतिबेलासम्म यो सिलसिला चलिरह्यो । आमा अस्पतालको बेडमा हुन्थिन् र छोरा घण्टौं झ्यालमा बसेर आमालाई नियालिरहेकी हुन्थे । अस्पतालको आइसीयूको झ्यालमा बसेर आमालाई नियालिरहेका छोराको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । स्थानीय समाचार वेबसाइट अल नाका अनुसार बेइट आभा शहरका प्यालेस्टाइनी युवक जिहाद अल सुवातीले हेब्रोन अस्पतालको आइसीयूको झ्यालमा चढेर आफ्नी आमालाई अन्तिम विदाइ गरे ।

उपचारको क्रममा महिलाको अस्पतालमा मृत्यु भएको हो । प्यालेस्टाइनमा ७३ वर्षकी महिला रश्मी सुवितीको बिहीबार निधन भएको थियो । आफ्नी आमालाई हेर्नको लागि अस्पतालको झ्यालमा चढे । उनी झ्यालमा चढेका बेला कसैले उनको तस्वीर लिए र सामाजिक संजालमा शेयर गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *