दैलेखमा समूदायमा देखियो कोरोना

डिसी नेपाल
७ साउन २०७७ १९:३३

काठमाडौं। कर्णाली प्रदेशको दैलेखमा समूदाय स्तरमा कोरोना संक्रमण देखिएको छ। जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार दैलेखको ठाँटीकाँध गाउँपालिकाका ट्राभल हिस्ट्री नभएका मानिसहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले बताएका छन्।

उनका अनुसार दैलेखको प्रयोगशालामा समूदाय स्तरमा परीक्षण गरिएको छ। रेग्मीले हरेक गाउँपालिकाबाट समूदाय स्तरका मानिसहरुको नमुना संकलन गरेर कोरोना परीक्षण शुरु गरिएको जानकारी दिएका छन्।

सोही क्रममा ठाँटिकाँध गाउँपालिकामा रहेको क्वारेन्टिन नजिकैका गाउँलेहरुको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

ठाँटीकाँध गाउँपालिकाको वडा नम्बर १ मा दुईजना, २ मा ६ जना, वडा नम्बर ३ मा २ जना वडा नम्बर ४ मा एकजना, वडा नम्बर ५ मा ५ जना संक्रमित फेला परेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *