विश्वका धनीहरुको सूचीमा मुकेश अम्बानीको छलाङ, मार्क जुकरबर्गको ‘पोजिसन’ खतरामा

डिसी नेपाल
८ साउन २०७७ १०:३७

काठमाडौं । रिलायन्स इण्डष्ट्रिजका मालिक मुकेश अम्बानीको सम्पत्तिमा वृद्धि भएको छ । यससँगै उनी विश्वका सर्वाधिक धनीहरुको सूचीमा पाँचौं स्थानमा उक्लिएका छन् । फोर्ब्सको रियल टाइम नेटवर्थका अनुसार बिहीबार मुकेश अम्बानीको सम्पत्ति ७५.७ बिलियन डलर पुगेको छ । यससँगै उनी पाँचौं स्थानमा उक्लिएका हुन् ।

अहिले सर्वाधिक धनीहरुको सूचीको शीर्षमा जेफ बेजोस कायम छन् । अमेजनका सीइओ बेजोसको सम्पत्ति १८३.६ बिलियन डलर छ । दोस्रो स्थानका बिल गेट्सको सम्पत्ति ११३.८ बिलियन डलर, तेस्रो स्थानका बर्नार्ड आर्नल्टको सम्पत्ति ११२.१ बिलियन डलर र चौथो स्थानका मार्क जुकरबर्गको सम्पत्ति ८८.३ बिलियन डलर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *