आज साउन ९ गते शुक्रबार, कस्ताे छ तपाईँको आजकाे दिन, हेर्नुहाेस् राशिफल

डिसी नेपाल
९ साउन २०७७ ६:४०

आज मिति २०७७ साल श्रावण ९ गते शुक्रबार । सन् २०२० जुलाई २४ तारिख । श्रावण शुक्ल पक्ष चतुर्थी तिथि । पूर्व फाल्गुनी नक्षत्र । चन्द्रमा सिंह राशिमा। सूर्याेदय – बिहान ५:२३ सूर्यास्त साझा ६:५६ बजे ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  प्रेममा सफलता प्राप्त हुनेछ । छोटो दुरीको लाभदायी यात्रा पनि हुन सक्छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  वैदेशिक यात्राका लागि प्रयास हुने सम्भावना छ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यवसायमा मिहिनेत गरेबमोजिम लाभ नै मिल्नेछ। तर, साथीले सहयोग गर्न सक्दैनन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  लगानी र खर्च बृद्धिको योग छ । दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि साँझदेखि वातावरण आफ्नो पकडमा आउने छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने योग छ । पारिवारिक भेटघाटकाे परिस्थिति सिर्जना हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सचेत रहनु होला। बोलीमा खासै प्रभाव रहने छैन।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ। अब पछाडि बसेर तपाईंका कुरा काट्नेहरू चुप लाग्नेछन्।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  मनमा उत्साह र उमङ्गमा सकारात्मकता देखिन सक्छ। सामाजिक काममा मन जाने छैन।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  घरपरिवार र सन्ततिप्रतिको जिम्मेबारी बढ्ने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  रोजगारीका नयाँ विकल्पका बारेमा चिन्तन हुनसक्छ । तर, अहिले नयाँ ठाउँमा लगानी गर्नु मुनासिब छैन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) लाभमूलक काम हुनेछन् । परोपकारी काममा आकर्षण बढ्ने छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । आलस्य र थकानको अनुभूति हुनेछ, झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *