दूरी राखी धार्मिक क्षेत्र खुला गर्न विश्व हिन्दू महासङ्घको माग
काठमाडौं । विश्व हिन्दू महासंघले वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाका केन्द्र मठ–मन्दिर भौतिक दूरी कायम गरी खोल्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले शुक्रबार विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुलेकाले पूजाआजा एवं दर्शनले अशुभ मार्गबाट शुभ मार्गमा जान प्रेरित गर्ने आस्थाको केन्द्र मठ मन्दिर पनि खोल्न माग गरेका हुन्। अन्य सबै क्षेत्र खुला गरिँदा पनि मठ, मन्दिर, गुम्बा, चैत्य आदि धार्मिकस्थलका मूल ढोकासमेत बन्द गर्नाले महासंघलाई आश्चर्यमा पारेको अध्यक्ष अधिकारीले बताए।
गत चैत ११ गते र हाल नेपालमा कोरोना भाइरसको अवस्था विश्लेषण गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । मठ मन्दिर पनि भौतिक दूरी कायम गरी खुला गर्न सकिनेतर्फ सरकारले सोच नबनाएकामा महासंघले आपत्ति जनाएको छ ।
सरकारले औपचारिकरूपमा खुला नगरे पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा हजारौँ भक्तजनको भीड लागेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment