सुशान्तको अन्तिम फिल्म रिलिज
काठमाडौं । अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म रिलिज भएको छ। केही समय पहिले निधन भएका सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ शुक्रबार साँझ अनलाईन प्लाटफर्ममा रिलिज भएको छ।
यो फिल्म डिज्ने प्लस हटस्टार (Disney+ Hotstar) मा रिलिज भएको छ। सुशान्तको यस फिल्म अनलाईनमा फ्री गरिएको छ। हटस्टारमा उक्त फल्म सित्तैमा हेर्न सकिनेछ।
उनको फिल्मलाई धेरै सेलिब्रेटिहरुले प्रमोट गरेका थिए। फिल्म निर्देशक मुकेश छाबडाले निर्देशन गरेको यो फिल्म सन २०१४ मा आएको हलिउड फिल्म ‘द फल्ट ईन आर स्टार्स’ को रिमेक हो। फिल्म रिलिज हुनभन्दा पहिला गित र टे्रलर रिलिज भएको थियो। यस फिल्मको ट्रेलरले यूट्यूबमा कैयौं रेकर्ड तोडेको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment