आज साउन १० गते नागपञ्चमी, हेर्नुहाेस् आजकाे राशिफल

डिसी नेपाल
१० साउन २०७७ ६:३२
12
Shares

आज मिति २०७७ साल श्रावण १० गते शनिवार । सन् २०२० जुलाई २५ तारिख । प्रमादी नाम सम्बत्सर । सूर्य दक्षिणायन । वर्षा ऋतु । श्रावण शुक्लपक्षकाे पञ्चमी तिथि । उत्तर फाल्गुनी नक्षत्र । चन्द्रमा आज कन्या राशिमा । सूर्याेदय बिहान ५ : २३ सूर्यास्त साझ ६:५५ बजे । आज नाग पञ्चमी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  मनपर्ने भौतिक साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  मान–सम्मानको रक्षा हुनेछ। गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)  पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। टाढिएका साथीभाइ नजिकिने छन्।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ। कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ। चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  स्वादिष्ट भोजनको अवसर मिल्नेछ। सहयोगीहरूले सकेको सहयोग गर्नेछन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ।

ज्याेतिष तथा वास्तुशास्त्री : सुरेशचन्द्र रिजाल, ९८५१०६११२४


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *