फाउण्डेशन र एकेडेमीमा नयाँ नेतृत्व
काठमाडौं । मदन भण्डारी फाउण्डेशन र मदन भण्डारी स्पोर्टस् एकेडेमी काभ्रेलाञ्चोकमा नयाँ नेतृत्व चयन भएको छ। शनिबार साँझ बनेपामा सम्पन्न भेलाले फाउण्डेशना ३५ र एकेडेमीमा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
फाउेण्डेशनको जिल्ला नेतृत्व नेकपाका युवानेता कुमार तिमल्सिनाले लिएका छन् भने एकेडेमीको नेतृत्व विद्यार्थी नेता राकेश लामालाई दिइएको छ। फाउण्डेशनको उपाध्यक्षमा नीरज खड्का, सचिवमा विपिन लामा, सहसचिवमा निर्मल खड्का, कोषाध्यक्षमा नवराज भूर्तेल तथा अन्य सदस्य रहेका छन्।
यस्तै एकेडमीको उपाध्यक्षमा नवराज मानन्धर, सचिवमा रविन अधिकारी, सहसचिवमा डेनी लामा तथा कोषाध्यक्षमा सानमाया लामा चयन भएका छन्। भेलाको शनिबार परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले उद्घाटन गरेका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment