सिमानामा भारतीयद्वारा आक्रमण, सशस्त्र प्रहरी हवल्दार घाइते

डिसी नेपाल
११ साउन २०७७ ८:४०

रौतहट । जिल्लाको नेपाल–भारत सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ । सीमानाका बन्द रहेको अवस्थामा एक भारतीय महिलालाई रौतहट प्रवेशमा रोक लगाउँदा भारतीय नागरिकको समूहद्वारा सीमामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको हो।

आक्रमणमा परि ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दार लीलाबहादुर थापा घाइते भएका छन्।

हँसिया प्रहारबाट वरिष्ठ हवल्दार थापा घाइते भएपछि स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गर्नुको साथै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश २ नं बर्दिवासका प्रमुख डीआइजी कृष्णभक्त ब्रह्माचार्यले जानकारी दिए। एनटिभी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *