रञ्जन कोइराला प्रकरणः तीनजना न्यायाधीशको इजलासले पुनरावलोकन निवेदनमा सुनुवाई गर्दै

डिसी नेपाल
११ साउन २०७७ १०:१६

काठमाडौं। सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाको कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि तीनजना न्यायाधीशको सँयुक्त इजलास तोकिएको छ। सर्वोच्च अदालतको पेसी नम्बर ६ मा न्यायाधीशहरु वमकुमार श्रेष्ठ, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलास तोकिएको हो।

आइतबार हुने सुनुवाई महान्यायधीवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा सुनुवाई हुनेछ। जिल्ला र पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका पूर्व डीआइजी कोइरालालाई सर्वोच्च अदालतले ११ वर्ष सजाय घटाउने फैसला गरेपछि महान्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन निवेदन दर्ता गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *