भारतीय दुतावासको फेसबुक कभरमा ओली–मोदीले हात मिलाएको फोटो

डिसी नेपाल
१२ साउन २०७७ ०:३०
4
Shares

काठमाडौं। नेपाल र भारतबीच यतिबेला सम्बन्धमा चिसोपना आएको छ। त्यसैले छिमेकी मुलुक भारतले नेपालबारे गर्ने हरेक कुरा महत्वपूर्ण छन्। नेपालले नयाँ नक्सा जारी गरेपछि नेपालसँग वार्ता गर्न नमानेर कूटनीतिक मौनतामा रहेको भारतले नेपाल नीतिमा परिवर्तनका केही संकेतहरु दिएको छ।

काठमाडौंस्थित भारतीय दूतावासको फेसबुक पेजमा आइतबार कभर फोटो परिवर्तन् भयो। फोटो अप्रिल २०१८ मा पहिलो पटक फेसबुकमा अपलोड भएपनि सो फोटोलाई आइतबार कभर फोटोका रुपमा अपडेट गरिएको छ। नयाँ कभर फोटोमा नेपाल र भारतका प्रधानमन्त्रीले मित्रवतरुपमा हात मिलाइरहेका छन्।

https://www.facebook.com/IndiaInNepal/posts/3418895338140889
भारतको नेपाल नीतिमा परिवर्तनको अर्को संकेतका रुपमा हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको एक ट्वीटलाई लिन सकिन्छ।

भारतीय प्रधानमन्त्री मोदीको अफिसियल्ली ट्वीटरबाट जुलाई २३ मा ट्वीट भएको छ, ‘एकातिरबाट म्यांमार, भूटान, नेपाल र बांग्लादेशसँग हाम्रो, सामाजिक र व्यापारिक सम्बन्धलाई बलियो बनाइन्छ, अर्कोतर्फ भारतको Act East Policy लाई पनि शसक्त गर्छ।’

मोदीको यो ट्वीट भारतमा मोदीको छिमेक नीतिको आलोचना भइरहेको र भारतीय पूर्वी–उत्तर राज्यहरुमा चुनावको मिति नजिकिँदै गर्दा आलोचनाबाट बच्न आएको कतिपयले विश्लेषण गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *