पूनम पाण्डेको इंगेजमेन्ट !

डिसी नेपाल
१२ साउन २०७७ ८:५९

मुम्बइ। बलिउडकी विवादित अभिनेत्री तथा मोडल पूनम पाण्डेले बिहे गर्ने भएकी छिन् । उनले आफ्ना ब्वाइफ्रेण्ड साम बाम्बेसँग इंगेजमेन्ट गरेकी छिन् । सामले इन्स्टाग्राममा पूनमको साथमा इंगेजमेन्टको औंठी लगाएको फोटो सार्जजनिक गर्दै आफूहरुले बिहे गर्न लागेको जानकारी दिएका हुन् । पूनमले यो फोटोमा प्रतिक्रिया दिँदै इंगेजमेन्टको पुष्टि गरेकी छिन् ।

 

View this post on Instagram

 

We finally did it!

A post shared by Sam Bombay (@sambombay) on

पूनमको छवि बलिउडमा निकै विवादित छ । २०११ को विश्वकप क्रिकेटका बेला पूनमले भारतीय टिमले विश्वकप जितेमा आफू मैदानमा निर्वस्त्र दौडिने बताएपछि उनी निकै विवादमा आएकी थिइन् । २०११ को विश्वकप भारतले नै जितेको थियो तर पूनम निर्वस्त्र भएर भने दौडिइनन् । पूनमले २०१३ मा फिल्म ‘नशा’बाट बलिउड डेब्यू गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *