युरिया मलकाे चरम अभाव, चोरी निकासी र कालो बजारी बढ्यो

धनकुमार कार्की
१२ साउन २०७७ ११:५१

मोरङ। नेपालकै धानको भण्डार मानिने मोरङमा यतिबेला युरिया मलको चरम अभाव भएको छ। नेपाल सकारद्वारा अनुदातिन मल ल्याउने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको प्रदेशिक कार्यालय बिराटनगरले युरिया मल अभाव भएको जनाएका छन्। यससँगै जिल्लाको दक्षिणी भूभागमा भारतबाट चोरी बाटो भित्रिएका मल तीन गुणासम्म बढी मूल्यमा बिकी्र भएसँगै किसानहरुले मारमा परेको गुनासो गरेका छन्।

किसानलाई जाबो मल उपलब्ध गराउन नसक्ने सरकारले किन सुखी नेपाली र समृद्ध नेपालको नारा लगाएर हिड्नु बेकार भएको कर्सिया बजारका कृषक अमनलाल यादवको तर्क छ। उनी भन्छन् ‘मल नपुगेर धान बिग्रन थालिसकेको छ। आठ सयको युरियालाई दुई हजार भन्छ। सहकारीमा पनि मल छैन भन्छ, सरकारले किसानलाई वास्ता नै गर्दैन। अब मल नहाल्दा पनि अर्काे साल त खानपर्याे नि! सात जनाको परिवार छ आयस्रोत नै यही धान हो।’

उनी थप्छन, ‘महँगो मै किनेर हाल्दा पनि कोरोनाको डर छ भारतबाट चोरबाटो छिरेको मल कोरोनाको एकदमै जोखिमपूर्ण छ।’ सिमानामा रहेका जिल्लाका भूभागमा भारतीय मल चोरी निकासी भइरहेको छ। यसले गर्दा एकातिर कोरोनाको जोखिम बढेको छ भने अर्कातिर किसानहरु चर्काे मूल्य तिर्न बाध्य भएका छन्। कोरोना महामारीका कारण पूरा विश्व तहसनहस छ। नेपालमा यस महामारीलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले चार महिना लकडाउन गरेर खुलिसकेको छ।

 लकडाउनलाई कारण देखाउँदै नेपाल सकारद्वारा अनुदानित मल ल्याउने संस्था कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा भने युरिया मल अभाव भएको छ। उता बजारमा भने भारतीय मल तीन गुणा बढी मूल्यमा बिक्री भइहेको छ।

सरकारले अन्तर्राष्ट्रिय सीमामा यात्रुको आगमनमाथिको प्रतिबन्धलाई साउन ३२ गते सम्मका लागि कायमै राखेको छ। तर सामान ढुवानीमा भने कनै रोक नहुने भनेको छ। लकडाउनलाई कारण देखाउँदै नेपाल सकारद्वारा अनुदानित मल ल्याउने संस्था कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा भने युरिया मल अभाव भएको छ। उता बजारमा भने भारतीय मल तीन गुणा बढी मूल्यमा बिक्री भइहेको छ।

कोरोना त्रास र लकडाउनको असर हरेक क्षेत्रमा रहेपनि नेपालको मुख्य आय सो्रतका रुपमा रहेको कृषि पेसामा निर्भर किसानहरु बढी मारमा परेको मोरङका कृषकहरुको गुनासो छ। यतिबेला धान बालीमा युरिया मल लगाउने समय हो।

बजारमा मल अभाव भएपछि कालो बजारीको मल नै भए पनि पाउने आशामा रंगेलीका किसान रहेका छन्। एका पटक चर्काे मूल्य र कोरोनाको डर अर्कापट्टी धान नफल्ला भन्ने डर भएको स्थानीय किसानले बताएका छन्।

रंगेलीका कृषक राम थापा भन्छन्, ‘अब किसानले बर्खा लाग्नु अघि नै एउटा भकारीमा चाँहि मल राख्नुपर्ने स्थिति भएको छ।  यसरी खुला रुपमा अवैधानिक सामान कालोबजारी भइरहँदा प्रहरी नै मुकदर्शक बनेर बसेका छन्। किसानको भेषमा ब्यापारीहरु मल ओसारपसार गर्ने गरेकाले कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय मोरङका एक प्रहरी अधिकृतले डिसी नेपाललाई बताए।

उनी भन्छन्, ‘हामीले समाती राखेका छौँ, समातेपछि फेरि किसानको खेतमा ल्याएकोे भनेर नेतादेखि सब लाग्छन्। भएन भने सरुवा गर्ने धम्की समेत दिन्छन्।’
यस बिषयमा आफूहरु बेखबर भएको र जानकारी भए लगत्तै कारीवाही गर्ने जिल्ला प्रशासन कार्यालयका प्रवक्ता धुवबहादुर खड्काले डिसी नेपाललाई बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *