शेयर बजार २.६२ अंकले घट्यो, १.८१ अर्बको कारोबार
काठमाडौं। सोमबार शेयर बजार २.६२ अंक घटेको छ। बजार खुलेपछि उकालो लागेपनि अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक सामान्य घटेको हो।
सोमबार नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। यसदिन १८७ वटा कम्पनीको १ अर्व ८१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आईतबार १ अर्व ९४ करोड बराबरको शेयर कारोबार भएको थियो।
सोमबार नेप्सेसूचकसँगै कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि ओरालो लागेको छ। यस दिन निर्जीवन बीमा कम्पनी समूह १५०.४१ अंकले घटेको छ। यसैगरी बैंकिङ १.२५, व्यापार ७.०७, होटल ३२.९१ जलविद्युत २.५९, फाइनान्स ०.९४, जीवन बीमा ८८.७७ र म्युचुअल फण्ड ०.०१ अंकले घटेको छ।
यसैगरी लघुवित्त १२ं४६, अन्य ५.७१, उत्पादनमुलक ५.०३ विकास बैंक ४.१८ अंकले बढेको छ। सोमबार कारोबार भएकामध्ये ६० कम्पनीको मात्र मुल्य बढेको छ भने ८९ कम्पनीको मूल्य घटेको छ। १७ कम्पनीको मूल्य स्थिर छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment