बसन्त सापकोटाको ‘बनैमा मजुर’ सार्वजनिक

डिसी नेपाल
१२ साउन २०७७ १६:४८

काठमाडौं । बसन्त सापकोटाको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ ।

गीतमा सापकोटासँगै लोकप्रिय गायिका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ भने योगेस काजीले एरेन्ज गरेका हुन्। लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।

गीतमा मोडल सृष्टी खड्का र बिसाल सेनले अभिनय गरेका छन्। यस्तै भिडीयोमा सुरेन बसेलको कोरियोग्राफी , उत्सब दाहालको छायांकन , अनिता ग्वाछाको मेकअप र निर्देशक घिमिरेकै सम्पादन देख्न सकिन्छ।

गीतको भिडियो बसन्त सापकोटाको युट्यूव च्यानलमा सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *