जापानमा सयौँ नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखियो

ज्याक खड्का
१३ साउन २०७७ १३:१३

टोकियो । जापानमा सयौँ नेपाली विद्यार्थीलाई क्वारेन्टाइनमा राखिएको छ । जापान नागासाकीस्थित वेसलेयान युनिभर्सिटीमा अध्ययनरत एक स्थानीय विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।

वेसलेयान विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले दिएको जानकारी अनुसार जुलाई २७ तारिखमा एक जापानी विद्यार्थीलाई कोरोना देखिएपछि सयौँ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरुलाई मंगलबारदेखि नागासाकी वेसलेयान युनिभर्सिटीमा अध्ययनरत सबै विद्यार्थीलाई १४ दिनको होम क्वारेन्टाईनमा बस्न विश्वविद्यालय प्रशासनले सूचित गरेको छ ।

करिब आठ सय बढी विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा एक सयभन्दा बढी संख्यामा नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *