चीन र नेपालसहित चार मुलुकको छुट्टै संयन्त्र बनाउने प्रस्ताव

मदन कोइराला
१३ साउन २०७७ १४:३०

काठमाडौं। भारत र पाकिस्तानको आपसी वैमनस्यताका कारण दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) निष्क्रिय बनेपछि चीनको अगुवाईमा दक्षिण एशियामा छुट्टै क्षेत्रीय संगठन निर्माणको पहल शुरु भएको छ।

यसका लागि चीन सक्रिय भएर लागेको छ। सोमबार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुबीच भएको भर्चुअल बैठकमा चीनले क्षेत्रीय संगठन बनाउने औपचारिक प्रस्ताव गरेको परराष्ट्र स्रोतले बतायो। स्रोतका अनुसार चीनको प्रस्तावमा अन्य तीनवटै मुलुक सकारात्मक देखिएका छन्।

कोरोना महामारीका विषयमा छलफल भन्दै चीनले विगत केही महिनायता यस प्रकारको छलफलको अगुवाई गरिरहेको छ। परराष्ट्र सचिव शंकरदास वैरागीले सोमबारको छलफल चीनको समन्वयमा भएको जानकारी दिए।

सोमबारको भर्चुअल बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पाकिस्तानका विदेशमन्त्री शाह महुमद कुरेशी, चीनका विदेशमन्त्री वाङ यी र अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दीन रब्बानी सहभागी थिए।

चीनको अगुवाईमा दक्षिण एशियामा छुट्टै क्षेत्रीय संगठन निर्माणको पहल शुरु भएको छ। यसका लगि चीन सक्रिय भएर लागेको छ। सोमबार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका विदेशमन्त्रीहरुबीच भएको भर्चुअल बैठकमा चीनले क्षेत्रीय संगठन बनाउने औपचारिक प्रस्ताव गरेको परराष्ट्र स्रोतले बतायो। स्रोतका अनुसार चीनको प्रस्तावमा अन्य तीनवटै मुलुक सकारात्मक देखिएका छन्।

यद्यपी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने सार्कको विकल्प अन्य कुनै संगठन हुन नसक्ने बताए। उनले सोमबार भएको भर्चुअल बैठकमा सार्कको विकल्पका बारेमा छलफल नभएको बताए। ‘अहिले नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्प सोचेको छैन,’ उनले डिसी नेपालसँग भने, ‘सोमबार भएको भर्चुअल बैठकमा त्यस विषयमा कुनै छलफल भएन।’

भारतसँग चीन, नेपाल र पाकिस्तानको सम्बन्ध राम्रो नभएका बेला ऊ बाहेक दक्षिण एशियामा छुट्टै संगठन बनाउन चीनले पहल गरेपछि दक्षिण एशियामा नयाँ क्षेत्रीय सन्तुलन देखिने सम्भावना बढेको हो। सार्कमा भारतको हालिमुहाली हुने गरेको छ। चीनले सार्कमा सदस्यता लिने प्रयास गरेपनि आफ्नो प्रभुत्व गुम्ने डरले भारतले चीनलाई सार्कमा समावेस गर्न मानेको छैन।

तर, भारतमा २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि उनको विदेश नीति र पाकिस्तान नीतिका कारण सार्कसमेत निष्क्रिय बन्न पुगेको छ। विश्व मञ्चबाट पाकिस्तानलाई अलग पार्ने भारतीय नीतिका कारण भारतले सार्कलाई निष्क्रिय पारेको हो। त्यसैले भारतले पाकिस्तानबाहेकको विमस्टेकलाई महत्व दिँदै आएको छ। तर, यो संगठनको चार्टरसमेत छैन। त्यसैले यो एक लुज फोरम जस्तैमात्र बन्न पुगेको छ।


तर अब चीनको अग्रसरतामा नयाँ संगठनको पहल भएपछि दक्षिण एशियामा फरक परिदृश्य देखिने सम्भावना बढेको छ। यतिबेला चीन, नेपाल र अफगानिस्तानको सम्बन्ध भारतसँग सुमधुर छैन। नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्ध इतिहासमै कमजोर अवस्थामा पुगेको छ भने उता चीन र भारतबीच झण्डै युद्धको अवस्था बन्न पुगेको थियो। पाकिस्तान र भारत भने परम्परागत नै मित्र राष्ट्र होइनन्। कुनैबेला भारतको नजिक मानिएको अफगानिस्तान पनि पछिल्ला दिनहरुमा भारतसँग टाढिँदै गएको छ।

चीनको पहलमा यो क्षेत्रमा नयाँ संगठनको पहल किन पनि भएको हो भने चीनलाई युरोप हुँदै अफ्रिकासम्म जोड्ने उसको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड (बीआरआई)को भारतले विरोध गर्दै आएको छ। तर, नेपाल, पाकिस्तान र अफगानिस्तानले बीआरआईमा सहभागिताको सम्झौता गरिसकेका छन्। त्यसैले पनि यी मुलुकबीच बन्ने संगठनले विश्व राजनीतिक मञ्चमा नयाँ आयम दिनेछ।

र यी चार मुलुकसँग विश्वको करिब ५० प्रतिशतभन्दा धेरै जनसंख्या हुनेछ। चीन अहिले विश्वको दोस्रो ठूलो अथतन्त्र भएको मुलुक हो भने राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य पनि। र सामरिक दृष्टिकोण पनि चीन विश्वकै तेस्रो शक्तिशाली मुलुक हो। त्यसैले पनि चीनको अगुवाईमा क्षेत्रीय संगठन बने त्यसले दक्षिण एशियालाई नयाँ उचाईँमा पुर्याउने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *