शेयर बजार ७.५९ अंकले घट्यो

डिसी नेपाल
१३ साउन २०७७ १७:२४

काठमाडौं। लगातार दुई दिनदेखि ओरालो लागेको शेयर बजार मंगलबार पनि७.५९ अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १४५४.८९ अंकमा अडिएको छ।

नेप्से सूचकको गिरावटसँगै कारोबार रकमपनि घटेको छ। मंगलबार १८५ कम्पनीको ३२ लाखकित्ता शेयर किनबेच मार्फत १ अर्व २५ करोड ९७लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यसअघि सोमबार १८७ वटा कम्पनीको १ अर्व ८१ करोड २५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

मंगलबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचकहरु पनि घटेको छ । फाइनान्स र म्युचुअलफण्ड सामान्य बढेपनि बैंकिङ, बीमा, होटल, जलविद्युत, लघुवित्तलगायतका परिसूचकभने ओरालो लागेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *