सुशान्तका बुबाले दिए अभिनेत्री रिया चर्कवर्तीविरुद्ध उजुरी

डिसी नेपाल
१३ साउन २०७७ २०:४०

काठमाडौँ । केही समय पहिला मृत्यु भएका बलिउड अभिनेता सुशान्तसिंह राजपुतका बुबाले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । रियाले सुशान्तलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै सुशान्तका बुबा केके सिंहले पटना प्रहरीमा उजुरी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्

सुशान्तले गत जुन १४ मा बान्द्राको आफ्नै अपार्टमेन्टमा आत्महत्या गरेका थिए । सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रियाको बयान पनि गत महिना प्रहरीले लिएको थियो ।

अनुसन्धानका क्रममा यो मुद्दामा ४० भन्दा बढी व्यक्तिहरुको बयान लिइसकेको छ ।प्रहरीले फिल्मकर्मी सञ्जयलीला भन्साली, आदित्य चोपडा, महेश भट्ट, करण जौहरको धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहतालगातको बयान लिइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *