कुवेतमा लागूऔषध तस्करीमा संलग्न ४ नेपाली पक्राउ

डिसी नेपाल
१४ साउन २०७७ १२:४८

काठमाडौं। कुवेतमा लागू औषध तस्करकिो आरोपमा त्यहाँको एन्टि नारकोटिक्स डिपार्टमेन्टले ४ जना नेपालीको गिरोहलाई पक्राउ गरेको छ । अरबटाइम्स अनलाइनका अनुसार यी ४ जना लागूऔषध मेथाम्फेटामाइनको तस्करीका फरार आरोपी हुन् । पक्राउ परेका ४ जनामध्ये एक घरेलु कामदार महिला हुन् ।

पक्राउ परेको गिरोहका सबै नेपालीहरु आफ्नो कम्पनीबाट काम छोडेर भागेका हुन् र फरार अवस्थामा थिए । उनीहरुले साथमा राखेको लागूऔषध साना–साना प्याकेटमा पोको पारेर राखिएका थिए । लागूऔषध जफत गरेर सम्बन्धित अधिकारीलाई पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *