सुन ३ सय रुपैयाले बढ्यो, चाँदी घट्यो

डिसी नेपाल
१४ साउन २०७७ १५:३८

काठमाडौं । बुधवार सुनको मूल्यले नयाँ रेर्कड बनाएको छ। बुधवार छापावाला सुनको मूल्य तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएर नयाँ रेर्कड बनाएको हो।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। साथै बुधबार चाँदीको मूल्यमा भने गिरावट आएको छ। मंगलबार १२ सय ४५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको मूल्य बुधवार १२ सय २५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *