नेप्सेमा १९ अंकको गिरावट, २५ सय ९९ विन्दुमा झर्दा सवा ३ अर्बको कारोबार
काठमाडौं। नेप्सेमा आज गिरावट आएको छ। आज सोमबार नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा पुगेर रोकिएको छ।
आज ३५० कम्पनिका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार ५४९ मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी सर्वोत्तम पेन्ट्सको शेयर १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको शेयर ११.९८ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी पन्चकन्या माई हाइड्रोको शेयर ९.८३ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७२ लाख बराबरको कारोबार भएको छ भने सोलु हाइड्रोको ११ करोड ८८ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment