२४ घण्टामा २१० जनामा कोरोना पुष्टि, १४६ जना डिस्चार्ज

डिसी नेपाल
१४ साउन २०७७ १६:२६
4
Shares

काठमाडौं । नेपालमा बुधबार २१० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना पुष्टि भएको जानकारी दिए। २४ घण्टामा ६ हजार ३७ जनाको पीसीआर परीक्षण गर्दा २१० जनामा कोरोना संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १९ हजार २७३ पुगेको छ। जसमध्ये १४ हजार २१ जना निको भएर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्रै १ सय ४६ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ। यस्तै १४ हजार ४७१जना क्वारेन्टिनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *