कालिकोटको पहिरोमा मृत्यु हुनेको संख्या ९ पुग्यो

डिसी नेपाल
१४ साउन २०७७ १९:३६

काठमाडौं। कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएका एकै परिवारका ७ जनासिहत ९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा ५ महिला र ४ पुरुष छन्।

नरहरीनाथ गाउँपालिकाको वडानम्बर ७ र ४ मा दुईवटा घर पहिरोमा पुरिएका थिए। पहिरोमा पुरिएको अवस्थामा बुधबार ९ वटा शव फेला परेको हो। प्रहरीका अनुसार वडानम्बर ७ का ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र डेढ एक वर्षका चरित्र बुढाको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ।

सोही गाउँपालिकाको वडानम्बर ४ मा पहिरोले घर पुरिँदा ६५ वर्षीय बाले बुढा र उनकी श्रीमती ६५ वर्षीया मनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *