भारतमा आधुनिक लडाकु विमान ल्याण्ड गरेकै दिन चीन झन शक्तिशाली भएको खबर बाहिरयो
काठमाडौं (एजेन्सी)। चीन र भारतबीच सीमा क्षेत्रमा तनाव जारी रहेका बेला भारतीय वायु सेनाले फ्रान्समा बनेको आधुनिक लडाकु विमान राफेयल भित्र्यो। बुधबारमात्र फ्रान्सबाट पहिलो डेलिभरीको ५ वटा लडाकु विमान भारत पुगेका छन्।
साढे चार संस्करणको राफयेल आणविक हतियार बोक्न सक्षम अत्याधुनिक लडाकु विमान हो। यो विमानमा विभिन्न किसिमका मिसाइल सेट गर्न सकिन्छ भने हावाबाट हावामा र हावाबाट जमिनमा सटिक निशाना लगाउन सकिन्छ।
भारतले फ्रान्सबाट ३६ वटा लडाकु विमान किन्ने सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार बुधबार ५ वटा विमान भारत पुगेका हुन्। भारतीयहरुले यी विमान भारतीय वायु सेनाको स्क्वाड्रनमा समावेस हुनु ठूलो उपलब्धि भनेका छन्। र अब वायु सेनाको शक्तिमा भारत पाकिस्तानभन्दा अगाडि रहेको र चीनलाई टक्कर दिने अवस्थामा पुगेको बताएका छन्।
तर, उता चीनबाट भारतलाई झट्का दिने गरि एक समाचार बाहिरिएके छ। समाचार लडाकु विमानबारे नै हो। चिनियाँ वायु सेनाको लडाकु विमान जे –१५ लाई चीनले अपग्रेट गरेर रातीमै आकाशमा रिफ्यूलिंग गर्न सकिने प्रविधिको विकास गरिएको चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सले जनाएको छ। समाचारअनुसार अब चीनले कुनै पनि मौसममा र कुनै पनि समयमा हवाई आक्रमण गर्न सक्ने क्षमता विकास गरेको छ। रातीमा पनि आकाशमा इन्धन भर्न सकिने भएकाले अब जे–१५ लडाकु विमानले थत हतियार लोड गर्न सक्ने क्षमताको विकास गरेको जनाइएको छ। साथै यी अपग्रेट गरिएका विमानलाई चीनले युद्धपोतमा तैनाथसमेत गरेको जनाइएको छ।
उता पाकिस्तानसँग भने अमेरिकामा बनेको अत्याधुनिक लडाकु विमान एफ–१६ छ। यो विमान पनि साढे चार संस्करणको हो। यो विमान पनि राफयेलभन्दा कम छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment