कुवेतले नेपालसहित २० देशका लागि व्यवसायिक उडानहरु सुचारु गर्दै

डिसी नेपाल
१५ साउन २०७७ १३:११

काठमाडौँ । कुवेतले कोरोना महामारीको कारण बन्द रहेको अन्तर्राष्ट्रिय व्यवसायिक उडानहरु सुचारु गर्ने तयारी गरेको छ । पहिलो चरणमा नेपालसहित २० देशका लागि औपचारिक रूपमा व्यवासायिक हवाई उडान सुचारु गर्न लागिएको त्यहाँको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ ।

महानिर्देशनालयका अनुसार १ अगष्ट अर्थात साउन १७ गतेदेखि बन्द रहेका व्यवसायिक उडानहरु सुचारु हुनेछन् । कुवेतको नागरिक उड्डयन विभागको हवाई परिवहन विभागका निर्देशक अब्दुल्लाह अल–राजीकाअनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित यूएई, बहराइन, ओमन, लेवनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया, हर्जेगोभिना, श्रीलंका, पाकिस्तान, इथियोपिया, बेलायत, टर्की, इरान, स्वीजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्नेछन्।

निर्देशक अल–राजीले एयरलाइन्सहरुले समय तालिका र उडान समय चाँडै घोषणा गर्ने बताएका छन् । कुवेत प्रवेश गर्ने र बाहिरिने यात्रुलाई कोरोनाको संक्रमण नभएको रिपोर्ट अनिवार्य गरिएको छ ।

व्यवसायिक उडान सुचारु हुने भएपछि कोरोनाको कारण कुवेतमा समस्यामा परेका नेपाली स्वदेश फर्कन सहज हुने अपेक्षा गरिएको छ । यद्यपि कुवेतले साउन १७ गतेदेखि उडान खोले पनि नेपालले भदौ १ बाट मात्र अन्तर्राष्ट्रिय उडान खोल्ने घोषणा गरेकोले ती नेपाली स्वदेश फर्किन झण्डै २ हप्ता ढिलाइ हुने देखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *