नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव सार्न ट्रम्पको सुझाव

डिसी नेपाल
१५ साउन २०७७ १९:४९

काठमाडौं । अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव सार्न सुझाव दिएका छन्। पोष्टल मतदान बढेकाले नतिजा गलत आउन सक्ने भन्दै ट्रम्पले चुनाव सार्न सुझाव दिएको बीबीसीले लेखेको छ।

ट्रम्पले बिहिबार ट्वीट गर्दै मानिसहरुले सुरक्षित र ठिक तरिकाले भोट दिन सक्ने नहुन्जेल मतदान सार्न भनेका छन्। ट्रम्पको दावीलाई समर्थन गर्ने प्रमाण कम भएपनि उनले मेल भोटिङको लामो समयदेखि विरोध गरिरहेका छन्। अमेरिकी राज्यहरुले कोरोना महामारीको कारण पोष्टल भाटिङलाई सजिलो बनाउन लागिरहेका छन्।


ट्रम्पले ट्वीट गर्दै नोभेन्बरमा हुने मेल–इन भोटिङ ईतिहासकै सबैभन्दा खराब र झूटो मतदान हुने बताएका छन्। साथै उनले उक्त मतदानले अमेरिकालाई ठूलो अफ्ठ्यारो पार्ने पनि बताएका छन्। केही समया पहिला अमेरिकाका ६ वटा राज्यले पोष्टल मतदान गर्ने योजना बनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *