उच्च अदालत जनकपुरमा न्यायाधीश कोरोना संक्रमित भएपछि अदालतको काम रोक्ने निर्णय
काठमाडौं। उच्च अदालत जनकपुरका न्यायाधीश कोरोना संक्रमित भएपछि उच्च अदालत जनकपुरले सेवा बन्द गर्ने निर्णय गरेको छ। बिहीबार उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकीलको कार्यालय धनुषा र जिल्ला बार एसोसिएशनको बैठक बसेर लकडाउन अवधिमा दिइएको सेवाबाहेक अन्य सेवा बन्द गर्नका लागि सर्वोच्च अदालतमा निवेदन दिने निर्णय गरिएको छ।
उच्च अदालतका एकजना न्यायाधीश कोरोना संक्रमित भएको उच्च अदालत जनकपुरले जनाएको छ। न्यायाधीश संक्रमित भएपछि जिल्लास्थित चिकित्सकहरुको पनि राय लिइएको र चिकित्सकहरुले प्रदेश नम्बर २ मा कोरोनाको जोखिम बढेको भनेपछि सेवा बन्द गर्नका लागि निर्णय गरिएको उच्च अदालतले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment