आज साउन १६ गते, हेर्नुस् आजकाे राशिफल

डिसी नेपाल
१६ साउन २०७७ ६:३६

आज २०७७ साल श्रावण १६ गते शुक्रबार । सन् २०२० जुलाई ३१ । प्रमादी नाम्नी संवत्सर । सूर्य दक्षिणायण । वर्षा ऋतु । श्रावण शुक्ल पक्षकाे द्वादशी तिथि । जेष्ठा नक्षत्र । चन्द्रमा वृश्चिक राशिमा। काठमाडौंमा सूर्याेदय बिहान ५:२६ सूर्यास्त साझ ६:५३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बाहिरी व्यक्तिको सहयाेगमा कार्य सम्पन्न हुने छ। मेहनत गरे अनुसार भाग्यकाे साथ दिनै भर रहने याेग रहेकाे छ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज दिनभर कार्यमा बाधा आउने याेग रहेकाे छ। लामाे यात्रा नगर्नु भयाे भने नै शुभ रहने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  स्वास्थ्यमा अचानक समस्या देखिने याेग रहेकाे छ । महत्त्वपूर्ण सामान हराउने याेग रहेकाले विशेष साबधानी अपनाउनु पर्ने देखिएकाे छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) खर्चमा वृद्धि हुने छ। अनावश्यक यात्रामा निस्कनु पर्ने याेग भएकाले विशेष सावधानी अपनाउनुपर्ने देखिएकाे छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानीको नयाँ तरिका पत्ता लाग्ने छ। उठ्नु पर्ने रकम उठने याेग रहेकाले विशेष सावधानी पूर्वक कार्य गरेमा सफलता मिल्ने छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  नयाँ तरिकाबाट कार्य थालनी गर्नुपर्ने देखिएकाे छ। व्यवसायीक यात्राकाे याेग रहेकाेले यात्रबाट कार्यसिद्धिकाे याेग रहेकाे छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सम्मानित व्यक्तिको सहायताले भाग्यमा वृद्धि हुने याेग रहेकाे छ। अरुकाेकार्य गर्दा कामबिग्रने हुँदा विशेष सावधानी हुनुपर्ने देखिएकाे छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु ) स्वस्थ्यमा समस्या देखापर्ने याेग रहेकाे छ । खानपिनमा सावधानी आपनाउनु पर्ने देखिएकाे छ । लामाे यात्रामा निस्कदा खर्चवृद्धि हुने छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) बाहिरी व्यक्तिको सहयाेगमा कार्यबन्ने देखिएकाे छ। नयाँ याेजना सहितकाे कार्य तालिका बनाएमा शुभ संकेत मिल्ने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)   चाेटपटककाे याेग रहेकाले विशेष सावधानी पूर्वक कार्यगर्नु पर्ने छ। नयाँ कार्य थालनी नगर्नु भएकै राम्राे हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  शिक्षामा लगानीको याेग रहेकाे छ । बुद्धिकाे सहायताले नयाँ कार्य सफल हुने देखिएकाे छ । भाग्य बलियाे रहेकाे छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नयाँ सवारीसाधन जाेड्ने याेग रहेकाे छ । कुनै पनि कार्यगर्दा स्त्रीकाे सल्लाह अनुसार गरेमा शुभ तथा कार्यसफलताकाे याेग रहेकाे छ ।

ज्याेतिष तथा वास्तुशास्त्री : सुरेश चन्द्र रिजाल, ९८५१०६११२४  ईमेल – [email protected]

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *