दक्षिण अफ्रिकाकाे जोहन्सबर्गमा एक नेपालीको मृत्यु, कोरोनाको आशंका

डिसी नेपाल
१६ साउन २०७७ ९:३२

काठमाडौँ । रोजगारीको लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको जोहन्सबर्गमा कार्यरत पाँचथर रझापाका ३४ वर्षीय नियालसन बोखिम लिम्बूको मृत्यु भएको एनआरएनएका आइसीसी सल्लाहकार तथा पूर्व कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए ।

थापाका अनुसार उनको मृत्यु कोरोनाको कारणले भएको आशंका गरिएको छ । यद्यपि कोरोना परीक्षणकाे रिपोर्ट भने आइसकेको छैन् । शुक्रबारसम्म उनको रिपोर्ट आउने जनाइएको छ ।

मृतक लिम्बू वाशिङ्ग पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *