दक्षिण सुडानका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा
जुबा । दक्षिण सुडानमा झण्डै १३ लाख बालबालिकाहरु कुपोषणको उच्च जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको युनिसेफले पाँच बर्ष मुनिका १३ लाख बालबालिका कुपोषणको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्कमा उल्लेख भएअनुसार कुपोषणको उच्च जोखिममा रहेका बालबालिकामध्ये धेरै बालबालिका पर्याप्त स्तनपान गर्न नपाएर कुपोषित भएका बालबालिका रहेका छन् । “कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई स्तनपानको आवश्यकता देखिएको छ, त्यसैगरी अन्य पौष्टिक तत्वहरु पनि उनीहरुलाई पर्याप्त उपलब्ध गराउनु पर्ने खाँचो छ,” युनिसेफका एक अधिकारीले भने ।
दक्षिण सुडानका लागि युनिसेफका प्रतिनिधि मोहम्मद एग एयोयाले जुवाबाट जारी गरेको वक्तव्यमा कुपोषणको जोखिममा रहेका बालबालिकाहरुलाई सहयोगको आवश्यकता रहेकोमा जोड दिएको छ ।
बालबालिकाहरुलाई अत्यावश्यक न्युनतम स्तनपानका लागि आमाहरुलाई सहयोग गर्न पनि युनिसेफले सवैलाई आग्रह गरेको छ । “नयाँ आमाहरुलाई सकेसम्म राम्रो सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यसो भयो भने नयाँ बालबालिकाको जीवनमा ठूलो योगदान हुनसक्छ,” अयोयाले भनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment