अमेरिकाको अलास्कामा दुई विमान आकाशमै ठोक्किँदा भयानक दुर्घटना

डिसी नेपाल
१७ साउन २०७७ १२:१५

काठमाडौं। अमेरिकामा एक हवाइ दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटना अलास्काको सोलडोन्टा शहरबाट केही किलोमिटर टाढा भएको थियो । जानकारीका अनुसार दुई साना विमान हावामै ठोक्किएका थिए । मृतकहरुमा डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका राज्य संसदका सदस्य गेरी नोप पनि छन् ।

न्यूयोर्क टाइम्सले स्थानीय अधिकारीलाई उद्धृत गर्दै दुवै विमान सिंगल इन्जिन भएको जनाएको छ । यीमध्ये एक हेभिलल्याण्ड डिएचसी २ बीबर र अर्को पाइपर पी १२ थिए । दुवै विमानले सोलडोन्टा विमानस्थलबाट उडान भरेका थिए । ए्रकोरेज शहरबाट करिब १५० माइल टाढा हावामा यी दुई विमान आपसमा ठोक्किए । जानकारीका अनुसार अहिले अधिकारीहरुले घटनाको जाँच गरिरहेका छन् ।

अहिलेसम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन । दुर्घटनास्थल विमानस्थलबाट धेरै टाढा भएकोले कारण पत्ता लागिसकेको छैन । त्यतिबेला मौसम पूरै सफा थियो र दुई विमान उडेको समयमा पनि पर्याप्त फरक थियो । घटनाको समयमा भिजिबिलिटी पनि १० किलोमिटर भन्दा धेरै थियो । यो क्षेत्रमा पाइलटले पनि एउटै फ्रिक्वेन्सी प्रयोग गर्ने भएकोले दुवै पाइलटले एटिसीसँग कुरा गरेनन् होला भन्ने विश्वास गर्न सकिने अवस्था पनि छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *