विराट कोहली र अभिनेत्री तमन्ना भाटियालाई पक्राउ गर्न माग गर्दै मद्रास हाइकोर्टमा मुद्दा !

डिसी नेपाल
१७ साउन २०७७ १३:०९

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीविरुद्ध मद्रास उच्च न्यायालयमा मुद्दा दायर भएको छ । कोहलीले अनलाइन जुवाको प्रवद्र्धन गरेको आरोप लगाउँदै उनलाई पक्राउ गर्न माग गरिएको छ । विराटसहित अभिनेत्री तमन्ना भाटियाविरुद्ध पनि यही मुद्दा दायर गर्दै पक्राउ गर्न माग गरिएको छ ।

चेन्नइका एक वकिलले दायर गरेको मुद्दामा अदालतसँग युवा अनलायन जुवाप्रति आशक्त भएको भन्दै अनलाइन जुवा खेल्न प्रतिबन्ध लगाउने आदेश दिन माग गरिएको छ । याचिकामा अनलाइन जुवा कम्पनीहरुले युवाहरुलाई अनलाइन जुवातर्फ आकर्षित गर्न विराट कोहली, तमन्ना भाटिया जस्ता स्टारहरुको प्रयोग गरिरहेको भन्दै दुवैलाई पक्राउ गर्न माग गरिएको छ । उनले एक यस्ता युवाका बारेमा पनि उल्लेख गरेका छन् जसले अनलाइन जुवाको लागि लिएको पैसा तिर्न नसकेका कारण आत्महत्या गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *