कोरोनाभाइरसको डर यतिसम्म ! जनताले खरबौं मूल्यका पैसाका नोट जलाइदिए

डिसी नेपाल
१७ साउन २०७७ १५:१६

काठमाडौं। कोरोनाभाइरससँग जुधिरहेको दक्षिण कोरियाका मानिसहरुमा कोरोनाभाइरसको डर यतिसम्म फैलियो कि उनीहरुले २ खर्ब ६९ अर्ब वन बराबरका नोटहरुलाई नष्ट गरिदिए । त्यहाँका मानिसहरुले यी पैसालाई वाशिङ मेसिनमा हालिदिए र केहीले माइक्रोवेभ ओभनमा हालेर जलाइदिए । अब दक्षिण कोरियाको केन्द्रीय बैंकको लागि यी नोटहरु बदल्नु टाउको दुखाइको विषय बनेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बैंक अफ कोरियाले यस वर्ष अघिल्लो वर्षको तुलनामा तीन गुणा बढी जलेका नोट साटेको छ । बैंकका अनुसार जनताले जनवरीदेखि जूनको बीचमा १.३२ अर्ब वन बराबरका जलेका नोट बैंकलाई फिर्ता दिएका छन् । बैंकका अनुसार गत वर्ष यो अवधिमा ४८० मिलियन वन मात्र साटिएको थियो । बैंकका अनुसार २०२० को पहिलो ६ महिनामा २ खर्ब ६९ अर्ब वन बराबरका जलेका र फाटेका नोट भेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *