मोटरसाइकलले ठक्कर दिँदा प्रदेशसभा सदस्य थापा गम्भीर घाइते
काठमाडौं। सुदूरपश्चिम प्रदेश प्रदेशसभा सदस्य अम्बिका थापा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्। उनलाई शनिबार कैलालीको धनगढीस्थित बुद्ध चोकमा मोटरसाइलकलले ठक्कर दिएको हो।
मोटरसाइकलमा सवार थापालाई अर्को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको कैलाली प्रहरीले जनाएको छ। मोटरसाइकलको ठक्करबाट उनको टाउकोमा चोट लागेको छ।
सदस्य थापा कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment