मलेसियामा नेपाली सुरक्षा गार्ड कुटने व्यक्तिको पहिचान भैसक्यो : राजदूत पाण्डे
काठमाडौँ । मलेसियामा कुटिएका सुरक्षा गार्ड नेपाली नै भएको पुष्टि भएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कुटिएका सुरक्षा गार्ड नेपाली भएको र उनलाई कुटने व्यक्तिको समेत पहिचान भैसकेको डिसी नेपाललाई जानकारी दिए ।
तर, अहिले नै उनको विवरण सार्वजानिक गर्न नमिल्ने पाण्डेले बताए । ‘कुटिएका सुरक्षा गार्ड नेपाली नै हुन्,’ राजदूत पाण्डेले डिसी नेपालसँग भने, ‘तर, यसबारेमा अहिले केही पनि सार्वजानिक गर्न मिल्दैन । कुट्ने व्यक्तिको पनि पहिचान भैसकेको छ ।’
घटनाको बारेमा मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको हुँदा अहिले विवरण सार्वजानिक गर्न नमिल्ने राजदूत पाण्डेको भनाइ छ । सोमबार यो घटना बारेमा सबै सार्वजानिक गरिने उनले बताए । ‘यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अहिले नै विवरणहरु सार्वजानिक गर्दा प्रहरीको अनुसन्धान प्रभावित हुनुका साथै अन्य कुरामा पनि असर हुन्छ,’ उनले भने, ‘हामी सम्भवतः सोमबार यसबारेमा सबै कुरा सार्वजानिक गछौँ ।’ कुटिएका व्यक्ति अहिले दूतावासको संरक्षणमा रहेको उनले बताए ।
केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक व्यक्तिले निर्घात रुपमा युनिफर्ममा रहेका (सम्भवतः ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कुटेको देख्न सकिन्छ । भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के भन्ने ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै निर्घात रुपमा कुटेको देखिन्छ । तर, कुटाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आफ्नो ध्यानकर्षण भएको जनाउँदै अनुसन्धान सुरु गरेको थियो । दूतावासले स्थानीय प्रहरीमा अनुसन्धानको अपिल गर्दै उजुरी दर्ता गराएको थियो ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment