इसाइस समुद्री आँधी फ्लोरिडा नजिक

डिसी नेपाल
१८ साउन २०७७ १६:१२

मियामी । इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आँधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ ।

बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय समय अनुसार शनिबार अपराह्न २ बजेसम्म इसाइस आँधीको सर्वाधिक वेग १२० किलोमिटर प्रतिघण्टा रहेको छ ।

फ्लोरिडाको तटिय क्षेत्रमा आइतबार बिहान आँधी आइपुग्नु अगाबै समुद्री क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले फ्लोरिडामा वर्षा केही कमजोर हुने अनुमान पनि गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालीन स्थिति घोषणा गर्नु भएको छ । आपतकाल घोषणाका कारण फ्लोरिडा राज्यले संघीय सरकारबाट तत्काल आर्थिक सहायता प्राप्त गर्न सक्नेछ ।

फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम जनतालाई सचेत रहन आग्रह गरेका छन् ।

अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई जना अन्तरिक्ष यात्री मेक्सिको खाडी क्षेत्रमा आइतबार अवतरण गर्ने कार्यक्रम छ ।b




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *