बाँके राष्ट्रिय निकुञ्जका अधिकृत भट्टराईसहित दुईजना अख्तियारको फन्दामा
काठमाडौं। बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकाय स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरु दुबैजनालाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १०बाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
उनीहरुको साथबाट ३ लाख ४८ हजार नगद र बिभिन्न मितिको बैंक भौचर रु. ५ लाख ५० हजार गरी ८ लाख ९८ हजार प्राप्त भएको अख्तियारले जनाएको छ।
अख्तियारकाे विज्ञप्तिस:
बाँके राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत बिष्णु रोकायले स्रोत नखुलेको रकम साथमा लिई कार्यालयको बा.२ झ. १८७३ नं. को गाडीमा यात्रा गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिगएको टोलीले निज प्रमोद भट्टराई र विष्णु रोकायलाई स्रोत नखुलेको रु.३,४८,०००/- र बिभिन्न मितिको बैंक भौचर रु. ५,५०,०००।– गरी कुलजम्मा रु.८,९८,०००/- (आठ लाख अन्ठानब्बे हजार) सहित सैनामैना नगरपालिका वडा नं. १० रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
प्रवक्ता
तारानाथ अधिकारी
No ads found for this position

डिसी नेपाल
Facebook Comment