वीर बहादुर राई सचिवमा बढुवा

डिसी नेपाल
१९ साउन २०७७ २३:००
12
Shares

काठमाडौं। सरकारले सहसचिव वीर बहादुर राईलाई सचिवमा बढुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राईलाई सचिवमा बढुवा गरेको एकमन्त्रीले जानकारी दिए।

राई सिँहदरवारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत छन्।

बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राई गरी तीन जनाको नाम सचिवका लागि सिफारिस गरेको थियो।

श्रेष्ठ यसअघि पनि सिफारिस गरिएका थिए। तर, दोस्रो पटक सिफारिसमा परे पनि सरकारले उनलाई बढुवा गरेन। भ्रष्टाचार आरोपबाट सफाई पाएका श्रेष्ठ सबैभन्दा वरिष्ठ सहसचिब हुन्। तर, उनी सचिवमा बढुवा हुन सकिरहेका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *