अमेरिकी डलर र खाडी मुलुककाे पैसा बढ्याे (सूचिसहित)

डिसी नेपाल
२० साउन २०७७ ८:०८

काठमाडौं। तीन दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य मंगलबार बढेको छ। गत शनिबारदेखि ११९ रुपैयाँ ४० पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य मंगलबार बढेर ११९ रुपैयाँ ७३ पैसामा कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार मंगलबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७३ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर १ को विक्रीदर १२० रुपैयाँ ४३ पैसा रहेको छ।

यूरोपीयन यूरो मंगलबार घटेको छ। यूरो १ को खरिददर १४० रुपैयाँ ४६ पैसा, विक्रिदर १४१ रुपैयाँ १७ पैसा रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५५ रुपैयाँ ९६ पैसा, विक्रीदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ। मंगलबार अमेरिकी डलरको मूल्य बढेका कारण पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ १० पैसा, विक्रीदर ८५ रुपैयाँ ५२ पैसा, साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ९२ पैसा, विक्रीदर ३२ रुपैयाँ ०८ पैसा, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा, विक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ६० पैसा, विक्रीदर ३२ रुपैयाँ ७६ पैसा, मलेसियन रिंगेट २८ रुपैयाँ ३६ पैसा, विक्रीदर २८ रुपैयाँ ५० पैसा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *